कराते टोलीको थाइल्यान्ड प्रस्थान

थाइल्यान्ड ओपन कराते प्रतियोगितामा सहभागी हुन २६ सदस्यीय नेपाली कराते टोली बिहीबार थाइल्यान्डको फुकेट प्रस्थान गरेका छन् ।
पुरुषको ६० केजीमुनि प्रेमप्रसाद नेपाल, ५५ केजीमुनि वीरबहादुर तामाङ, ८४ केजीमुनि मोहम्मद शेख आलाम, ७५ केजीमुनि रोशन बलामी, ८४ केजीमाथि मुस्कानराज गौतम, ७५ केजीमुनि विमल माझी, ५५ केजीमुनि दिवान्स श्रेष्ठ, ८४ केजीमुनि रोजन खड्का, ६८ केजीमुनि अनिल बराम, ६१ क्ेजीमुनि समित महर्जन, ६० केजीमुनि सुविन खत्री, ५५ केजीमुनि पर्शु कुँवर र महेश यादव, ६० केजीमुनि विवेक थापा, ६७ केजीमुनि सुरज कामत, साहिल गिरी र सुवास घताने तथा ८४ केजीमुनि सुशील पौडेल रहेका छन् । महिला एकल कातामा युनिका मगरले आफ्नो कौशल प्रस्तुत गर्ने छिन् ।
प्रमुख प्रशिक्षकमा दीपक श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रभाकर राना मगर, सहायक प्रशिक्षक र व्यवस्थापकमा डिगम्बरप्रसाद पन्त, सहायक व्यवस्थापकमा राकेशकुमार अग्रहरी, अफिसियलमा फुर्वा तामाङ तथा निर्णायकमा रविना सुवाल, बुद्धरत्न डंगोल र साइला गमाल छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373