कराते टोली दुबई प्रस्थान

प्रिमियर लिग कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार दुबई प्रस्थान गरेका छन् ।
मार्च २९ देखि अप्रिल २ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८४ केजीमुनि विप्लव श्रेष्ठ र ७५ केजीमुनि विनोद महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
प्रशिक्षकमा दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी दीपक श्रेष्ठ र टिम व्यवस्थापकमा उमेश मल्ल रहेका छन् । प्रशिक्षक श्रेष्ठ प्रतियोगिता दौरान हुने डब्लुकेएफ कोचेस सेमिनारमा पनि सहभागी हुनेछन् । श्रेष्ठले २०१२ मा एकेएफ कोचेसको लाइसेन्स लिएका थिए ।
टोलीलाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, कराते मुख्य प्रशिक्षक शोभितराज प्रसाईं र राष्ट्रिय खेलकुदको लगातार तीन संस्करणमा स्वर्ण जितेका कराते खेलाडी पर्शुराम बाँस्तोलाले एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373