कराते टोली भारत प्रस्थान

अल इन्डिया इन्डिपेन्डेन्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १५ सदस्यीय नेपाली कराते टोली बिहीबार भारतको नयाँ डिल्ली प्रस्थान गरेको छ । करातेको राष्ट्रिय ‘बी’ टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
अगष्ट ११ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा सुविन खत्री, तेन्जिङ शेर्पा, आशिष थापा, प्रवीण मानन्धर, पुष्पका लामा, मनीषा चौधरी, आशिका राई, सानुमाया थिङ, प्रभात रोका मगर र छोङला शेर्पाले प्रतिस्पर्धा गर्ने छन् ।
टोली प्रमुखमा ओमकृष्ण प्रसाईं, व्यवस्थापकमा मजेन्द्र सिंह, अफिसियलमा सानोभाइ लामा, प्रशिक्षकमा शिवराम कारन्जित र निर्णायकमा श्रृजन अधिकारी रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420