कराते टोली भुटान प्रस्थान

भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यस तर्फ प्रस्थान गरेका छन् ।
टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरे । भुटान जाने टोलीमा ३ अफिसियल र ६ खेलाडी गरि कुल ९ जना रहेका छन् । संघका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा रहेको टोलीमा जगतबहादुर धामी, कसिस कुमारी क्षेत्री, सिवानी श्रेष्ठ, कविन देशार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुईटेल खत्री र दलबहादुर घले रहेका छन् ।
भुटानको फुएनसोलिगमा अगष्ट २० र २१ गते हुने च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा हुने अध्यष श्रेष्ठले जानकारी दिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373