कराते प्रशिक्षक पुरी प्रति श्रद्धान्जली

कराते सहायक प्रशिक्षक दिनेश पुरीको निधनमा बुधबार राष्ट्रिय खेलकुद परिषद्मा श्रद्धान्जली सभाको आयोजना गरि स्वर्गिय पुरी प्रति श्रद्धान्जली अर्पण गरियो ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेप राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई लगायत प्रशिक्षक र कर्मचारीहरुले स्व. पुरीको तस्वीरमा अविर तथा फुल चढाई श्रद्धान्जली अर्पण गरेका थिए । पुरीको चिरशान्तिको कामना गर्दै १ मिनट मौन धारण गरिएको थियो ।
२०६१ भद्र १ गते परिषद्को सेवामा प्रवेश गरेका पुरी सुर्खेत जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए । क्यान्सर रोग संग जुधिरहेका स्व. पुरीको ५१ बर्षको उमेरमा २०७९ बैशाख २ गते निधन भएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373