कार्की इजराजय र दुबइ जाँदै

आईएसएफका सदस्य राजकुमार कार्कीले दुबइ र इजरायलमा हुने कार्यक्रममा सहभागिता जनाउने भएका  छन् ।
कार्कीले पहिला दुबइमा मे १३ देखि १५ तारिखसम्म हुने अन्तर्राष्ट्रिय स्पोर्ट्स मिटमा सहभागिता जनाउने छन् । त्यहाँ उनले स्पोर्ट्स साइन्स एन्ड फिजिकल एडुकेसनमा आधारित कार्यपत्र प्रस्तुत गर्ने छन् ।
त्यसपछि उनी आईएसएफको प्रतिनिधिका रुपमा मे १६ देखि २३ तारिखसम्म इजरायलमा हुने आईएसएफ विश्व स्कुल बिच भलिबल च्याम्पियनसिपमा सहभागी हुने छन् ।
कार्की शुक्रबार दुबइ प्रस्थान गर्दै छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309