कार्यदललाई बिदाई
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमविच रनिङ्ग ट्रफी टुर कार्यदललाई एक कार्यक्रमविच शुभकामना सहित बिदाई गरे । कार्यदललाई विदाई गर्ने क्रममा कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, नन्दा बस्याल, राखेपका सदस्यहरु चन्द्र बदना राई, सुमित्रा चौधरी, कार्यकारी समितिका सचिव मधुसुदन बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
कार्यदलले अशोज १ गते ट्रफीलाई धनगढी रङ्गशालामा विहान ८ बजे प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । यस्तै २ गते एन्फ टेक्निकल सेन्टर, लुम्बिनीमा दिनको ३ बजे । यस्तै गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसर, ३ गते बागमती प्रदेशमा मुख्यमन्त्री एवं मन्त्रीपरिषद्को कार्यालय, मानसचोकमा विहान ८ बजे, ७ गते नेपाली सेनाको भद्रकाली स्थित कार्यालयमा विहान १० बजे, ८ गते १ नम्बर प्रदेशको बिराटनगर रङ्गशालामा, ९ गते नेपाल प्रशरीको प्रधान कार्यालय नक्साल र सशस्त्र प्रहरीबलको हलचोकस्थित प्रधान कार्यालयमा, ११ गते मधेश प्रदेशको जानकी मन्दिर परिसर जनकपुरमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यस्तै काठमाण्डौको ऐतिहासिक तथा पुरातात्विक स्थानको भ्रमण पश्चात ट्रफी अशोज २३ गते गण्डकीको पोखरा पु¥याईने र विमानस्थलबाट बाजागाजाका साथ विभिन्न स्थानको परिक्रमा गराईने र राष्ट्रिय खेलकुदको उद्घाटनका दिन उद्घाटन स्थल पोखरा रङ्गशालामा २८ गते ट्रफीलाई पु¥याईने कार्यक्रम रहेको छ ।
फेसबुक प्रतिक्रिया