Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

कीर्तिमानी रजत विजेता राजभण्डारीको सहयोगमा पीडितलाई राहत

काठमाडौं, बैशाख २३ गते ।
एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ ।
सवितासहित उनका पति किशोर श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालिका वडा ११ का २ सय पीडित परिवारलाई राहत प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले पीडित वर्गको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडा अध्यक्ष हीरालाल तण्डुकारलाई राहत सामाग्री हस्तान्तरण गरे । सो अवसरमा वडा सदस्य समेत रहेका चार पटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका खाद्य सामाग्रीमा चामल, चिउरा, आलु, प्याज, नुन, तेल र साबुन रहेका छन् ।
सविताले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा रजत जितेकी थिइन् । एसियाली खेलकुदमा कुनैपनि नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा जितेको यो एक मात्र रजत पदक पनि हो । टिम स्पर्धामा भने नेपालले प्याराग्लाइडिङमा रजत जितेको छ । सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालले पुरुष टिम क्रस कन्ट्रीमा रजत जितेको थियो । सविताका पति किशोरले पनि सन् १९९८ कै बैंकक एसियाडको तेक्वान्दोमा कांस्य जितेका थिए । उनीहरु अमेरिकाको सियाटलमा बस्छन् । २०७२ सालको विनाशकारी भुकम्पबाट पीडितहरुलाई पनि उनीहरुले आर्थिक सहयोग गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464