कुशाङ गुरुङ पर्वत स्टार

राष्ट्रिय तेक्वान्दो संघ पर्वतले आयोजना गरेको पहिलो पर्वत स्टार तेक्वान्दो प्रतियोगितामा ११७ जना खेलाडीहरुलाई पछी पार्दै ६८ के।जी। भन्दा तलको तौल समुहका कुशाङ गुरुङले पर्वत स्टारको ट्रफ्री हात पारेका छन् । त्यसैगरी उप स्टार तथा बेष्ट फाईटरमा महिला तर्फ २८ के।जी। भन्दा तलको तौल समुहका समिता थापा र पुरुष तर्फ २८ के।जी। भन्दा तलको तौल समुहका जेनिश रसाईलीले जितेका छन् ।
प्रतियोगिता एन।आर।एन। कोरियाको अध्यक्ष एंव राष्ट्रिय तेक्वान्दो संघ(नेपालका संरक्षक राजु क्षेत्रीले उदघाटन गरेका थिए । क्षेत्रीले देशमा राम्रो खेलाडी तयार पार्नको निम्ती बाल्य अवस्था देखीनै खेल खेलाईदा निखारता आउने र प्रगती गर्ने कुरा बताउनु भयो । प्रतियोगितालाई भब्य र सब्य तथा खेलाडीको मनोबल बढाउनको निम्ती राष्ट्रिय तेक्वान्दो संघ(नेपालका महासचिव राजकुमार कार्किको उपस्थिती थियो ।
२०७३ मंसिर ३ र ४ गते भएको प्रतियोगिताका बिजेताहरुलाई प्याब्सन पर्वतका अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, युवा नेता हरि पौडेल सुन्दरका धर्म पत्नी लिला दवाडी पौडेल र पर्वत सुनचाँदी ब्यवसायी संघका अध्यक्ष विकास विश्वकर्माबाट पुरस्कार वितरण गरिएको थियो । पुरस्का बिजेताहरुलाई ट्रफी, नगद १००००,५०००,५००० तेक्वान्दो ड्रेस, घडी बितरण गरिएको थियो भने ःथकतष्त्रगभ ज्ष्नजबिलम च्भकयचत पोखराले ३ जना बिजेतालाई १ दिनको खाना बस्न र यातायातको ब्यवस्था पनी गरिदिएको छ । अनुशासित खेलाडी सन्दिप शाह र रिचा पुन लाई घडी प्रदान गरिएको थियो भने आशा पुनलाई तेक्वान्दो ड्रेस प्रदान गरिएको थियो ।
पुरुष २० किलो तौल समुहमा प्रथम मनिष थापा, पुरुष २४ किलो तौल समुहमा प्रथम स् हेरीराज गिरी, पुरुष २८ किलो तौल समुहमा प्रथम स् जेनिस रसाईली, पुरुष ३२ किलो तौल समुहमा प्रथम स् नरज तुलाचन, पुरुष ३६ किलो तौल समुहमा प्रथम स् इनाम श्रेष्ठ, पुरुष ४० किलो तौल समुहमा तृतीय स् अर्जुन दर्जी र संघर्ष कुँवर, पुरुष ४४ किलो तौल समुहमा प्रथम स् संगम थापा मगर, पुरुष ४८ किलो तौल समुहमा प्रथम स् आरोक परियार, पुरुष ५२ किलो तौल समुहमा प्रथम स् अमिशन पौडेल, पुरुष ५४ किलो तौल समुहमा तृतीय स् प्रथम स् संदेश थापा, पुरुष ६२ किलो तौल समुहमा प्रथम स् मनोज नेपाली, पुरुष ६८ किलो तौल समुहमा प्रथम स् कुशाङ गुरुङ, महिला २४ किलो तौल समुहमा प्रथम स् स्मृती पौडेल, महिला २८ किलो तौल समुहमा प्रथम स् समिता थापा, महिला ३२ किलो तौल समुहमा प्रथम स् रन्जिता परियार, महिला ३६ किलो तौल समुहमा प्रथम स् रेश्मा पुन, महिला ४२ किलो तौल समुहमा प्रथम स् प्रतिभा थापा, महिला ५२ किलो तौल समुहमा प्रथम स् आषा पुन
उक्त प्रतियोगिताको निर्णायक जुरीमा मदन श्रेष्ठ हेटौडा, बसन्त लामा बारा, कृष्ण श्रेष्ण श्रेष्ठ सिन्धुपालचोकले गर्नु भएको थियो भने निर्णायकमा संजयलाल श्रेष्ठ बारा,भावना बुढाथोकी रुपन्देही, समिर वि।क। रुपन्देही, बिनिता बि।क। रुपन्देही, सूर्य रसाइली पर्वत र कबिता शर्मा पर्वतले भुमिका निर्वाह गर्नु भएको थियो ।
आयोजक समितिका अध्यक्ष कमल थापाले सहयोगी सम्पूर्ण महानुभावज्यूहरुलाई धन्यवाद ज्ञापन गर्दै बर्षमा १ पटक पर्वत स्टार तेक्वान्दो प्रतियोगिता गर्ने समते जानकारी दिनुभयो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373