केन्पो टोली जापान जाँदै

४० औं विश्व केन्पो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार जापानको हामामाचु प्रस्थान गर्दैछ ।
समिप बराल, तिलकबहादुर कार्की, संघर्ष चपाईं, सौगात शर्मा, प्रथमा थापा, प्रथम थापा, खगेन पुन तथा विपिन आचार्यले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
अफिसियलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा प्रशिक्षकमा नराज खड्का रहेका छन् । प्रतियोगिता अगष्ट ५ देखि ७ तारिखसम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309