Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

केयूलाई प्रधानमन्त्री कप

काठमाडौं, असार २९ गते ।
काठमाडौं विश्वविद्यालय (केयू) ले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको उपाधि बुधबार जितेको छ ।
केयूले ४ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा पहिलो पटक आयोजित विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुदको उपाधि जित्न सफल भयो । त्रिभूवन विश्वविद्यालय (टीयू) दोश्रो भयो । टीयूले ४ स्वर्ण, ३ रजत र १ कांस्य हात पा¥यो ।
बास्केटबलमा टीयू च्याम्पियन
पुरुष बास्केटबलमा टीयू च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा भएको फाइनलमा टीयूले केयूलाई ४८–३१ ले पराजित ग¥यो । टीयूको जितमा किशोर न्यौपानेले १९ अंक योगदान गरे ।
पहिलो क्वाटरमा १२–६ ले अगाडि बढेको टीयूले अन्तिमसम्म अग्रता जोगाइ राख्दै दोश्रोमा ८–५, तेश्रोमा १०–८ र चौथोमा १८–१२ अंक जोड्यो ।
पूर्वाञ्चल विश्वविद्यालयले तेश्रो स्थानमा चित्त बुझायो । पूर्वाञ्चलले कृषि विज्ञान विश्वविद्यालयलाई ४०–२६ ले हरायो । कृषिको जितमा छिरिङ लाक्पा शेर्पाले १९ स्कोर गरे ।
टीयूलाई बुद्धिचाल उपाधि
बुद्धिचालको उपाधि टीयूले जितेको छ । राउन्ड रोविन लिगमा टीयूले ६ खेलमा जित हात पार्दै १२ अंक जोड्यो र उपाधि चुम्न सफल भयो ।
सातौं चरणको खेलमा टीयूले पूर्वाञ्चललाई ४–० ले पराजित ग¥यो । टीयूका मनोज चापागाईंले अभिषेक लिम्बू, सन्जीवकुमार चौधरीले सन्जिव राई, ओमकारराज थपलियाले रवि कटुवाल तथा लक्ष्मीप्रसाद ओलीले सुरज दासलाई हराए ।
त्यस्तै, काठमाडौं विश्वविद्यालयले ९ अंक जोड्दै दोश्रो भयो । काठमाडौंले लुम्बिनी बौद्धलाई छैटौं चरणको खेलमा ३–१ ले पाखा लगायो । सुदूरपश्चिमाञ्चलले सातौं चरणमा नेपाल संस्कृत विश्वविद्यालयलाई ३–१ ले पन्छ्याउदै तेश्रो भयो ।
मध्यपश्चिमाञ्चलाई भलिबल उपाधि
पुरुष भलिबलको उपाधि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जितेको छ । चार टिम सहभागी राउन्ड रोविन लिगमा मध्यपश्चिमाञ्चल १० अंक जोड्दै च्याम्पियन बनेको हो । ९ अंकसाथ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय दोश्रो तथा ८ अंकसाथ टीयू तेश्रो भयो ।
विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य गंगाबहादुर थापा, विभिन्न विश्वविद्यालयका प्रतिनिधिलगायतले पुरस्कार वितरण गरे ।
तीनदिने प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष÷महिलाको ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालमा विभिन्न ८ विश्वविद्यालयका २ सय ८७ खेलाडीले प्रतिस्पर्धा गरेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले जनाएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464