के व्याग मुवाँथाईको तयारी पूरा
नेपाल राष्ट्रिय मुवाँथाई संघ र के ब्याग स्पोर्ट्स प्रा.लि. को संयुक्त आयोजनामा हुने प्रथम के ब्याग मुवाँथाई प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
प्रतियोगितामा पुरुषतर्फ ४ र महिलामा १ गरी जम्मा ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी गराए । पुरुषमा ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० (प्रोफेसनल) केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ५०–५५ केजीमा खेल हुनेछ ।
प्रोफेसनलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २० हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । बाँकी स्पर्धाका विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । दुईदिने प्रतियोगितामा ४० खेलाडीको सहभागिता रहने बताइएको छ ।
फेसबुक प्रतिक्रिया