कोरियाली शहरसँग सहयोग सम्झौता हुने

काठमाडौं
दक्षिण कोरीयाको सोल महानगरपालीअन्तर्गतको सङबुक जिल्लासँग खेलकुद, शिक्षा र सास्कृतीक अनुभव आदान प्रदान तथा सहयोग सम्बन्धमा सम्झौता हुने भएको छ । नेपाल मार्शल आर्ट हाप्किडो संघको बिशेष पहलमा सङबुक जिल्ला र रुपन्देहीको देवदह नगरपालीका लगायत बिभिन्न निकायसँग दुई पक्षिय सहयोग सम्झौता हुन लागेको हो ।
त्यसका लागी सङबुक जिल्लाका अध्यक्ष जङ ह्युङ जिन लगायतको टोली सोमबार नेपाल आईपुगेको छ । अध्यक्ष ह्युङ र उनको टोलीलाई नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्ती मगर, उपाध्यक्षद्धय सन्त बहादुर तामाङ र सुस्मिता गुरुङ, सल्लाहाकार अक्कल तामाङ लगायतले स्वागत गरेका थिए ।
अध्यक्ष ह्युङको टोलीले यसै साता रुपन्देही पुगी देबदह नगरपालीकासँग बिभिन्न क्षेत्रमा सहयोग सम्बन्धमा सम्झौता गर्ने छ । ‘कोरियाको सङबुक जिल्लासँग खेलकुद, शिक्षा र सास्कृतीक अनुभव आदान प्रदान तथा त्यसको बिकासमा सहयोग गर्ने हिसावले हामीले नेपालका बिभिन्न निकायसँग सम्झौताको पहल गरेका थियौं’, नेपाल मार्शल आर्ट हाप्किडो संघका अध्यक्ष मगरले भने, ‘त्यसअन्तर्गत देबदह नगरपालीकासँग यही साता हुदै छ । अन्य निकायसँग पनि सहयोग सम्झौता गर्ने बारे छलफल भईरहेको छ ।’
सम्झौतापछि नेपालीहरुले दक्षिण कोरिया तथा कोरियालीहरुले नेपालमा आई यी क्षेत्रमा आआफ्नो अनुभव बाढ्ने अवसर पाउनेछन् । ‘सम्झौताअनुसार सङबुक जिल्लाले खेलकुद, शीक्षा र सस्कृतीको बारेमा त्यहा हुने बिभिन्न सभा, सेमिनारहरुमा हामीलाई निम्त्याउने छ । नेपालमा हुने त्यस्ता कार्यक्रममा पनि उनिहरुलाई निम्त्याईने छ’, हाप्किडो संघका कुशल श्रेष्ठले भने, ‘त्यसले हाम्रो देशको शीक्षा, खेलकुद र सास्कृतीक क्षेत्रको बिकासमा सहयोग पु¥याउने छ ।’

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309