कोरिया र युएइ यु–१८ रग्बी च्याम्पियन

काठमाडौं, मंसिर २५ गते ।

दक्षिण कोरिया र युएइ यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएइ महिलामा पहिलो भए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित ग¥यो । त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएइले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो ।

पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले पन्छ्याउदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।

आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता ग¥यो ।

महिलाको उपाधि भिडन्तमा युएइले भारतको चुनौती २६–५ ले समाप्त पा¥यो । मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउदै तेश्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373