क्योकुसिन टोली जापान जाने
काठमाडौं, मंसिर ७ गते ।
पाँचौं आईकेओ माचुसिमा क्योकुसिन खुला तौलसमूह विश्व च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली बुधबार जापानको मायेबासी प्रस्थान गर्ने भएको छ ।
नोभेम्बर २६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा सन्तोष बुढाथोकीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ४–४ वर्षको अन्तरालमा हुने च्याम्पियनसिपको चौथो संस्करणमा पनि सन्तोषले सहभागिता जनाएका थिए ।
अफिसियलमा नेपाल माचुसिमा क्योकुसिन कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ राजकुमार गुरुङ रहेका छन् । गुरुङले प्रतियोगिताका दौरान हुने कोंगेस र रेफ्री सेमिनारमा पनि भाग लिने बताइएको छ । खेलाडी सन्तोषले पनि ज्वाइन्ट ट्रेनिङ भाग लिने छन् ।
टोलीलाई माचुसिमा संघका सल्लाहकार प्रकाशसिंह कार्कीले त्रिपुरेश्वरस्थित ओलम्पियन सेमी कभर्डहलमा एक कार्यक्रमबीच मंगलबार दिबाइ गरे । प्रतियोगितामा करिब ८० राष्ट्रका ९० खेलाडीको सहभागिता रहने अध्यक्ष गुरुङले जनाएका छन् ।
फेसबुक प्रतिक्रिया