खड्का र विष्ट जापान जाने

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तेक्वान्दोका अशोक खड्का र नन्द विष्टलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
दुवैले जापानको ओसाकामा हुने जापन खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । खड्का र विष्टले ४० वर्षमुनि उमेरसमूहमा पुम्सेमा प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका खड्काले सोही प्रतियोगिताको ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् । अप्रिल २२ देखि २४ तारिखसम्म हुने प्रतियोगिताका लागि टोली बिहीबार जापान प्रस्थान गर्दै छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309