खवास र राईप्रति श्रद्धाञ्जली

काठमाडौं, साउन २३ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहयाक प्रशिक्षकद्वय स्व. चित्रबहादुर खवास र रविनकुमार राईको सम्झनामा राखेपले शुक्रबार शोक सभा आयोजना ग¥यो ।


त्रिपुरेश्वरस्थित राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, कर्मचारीलगायतले स्व. खवास र राईको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
तेक्वान्दोका खवास इलाम जिल्ला खेलकुद विकास समिति तथा एथलेटिक्सका राई सल्यान जिल्ला खेलकुद विकास समितिमा सहायक प्रशिक्षकका रुपमा कार्यरत थिए । खवासको साउन २० गते तथा राईको साउन १९ गते निधन भएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373