Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

खेलकुदले नमिलेको जोडीलाई पनि मिलाउँछ – पुर्वमन्त्री श्रीपाइली

पूर्व युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली बृहत आठौं राष्ट्रिय खेलकुद सञ्चालनहुने प्रदेश नम्बर ५ अन्तर्गत बाँके, बर्दिया र दांगका प्रमुख भेन्यु अवलोकन गरी संघीय राजधानी फर्किएका छन् । आठौं राष्ट्रिय खेलकुद साविक मध्यपश्चिमाञ्चलमा आयोजनाको जिम्मेवारी उनको पालमा भएको थियो । आफ्नो कार्यकालमा दीर्घकालीन योजना तयार गरी कार्यान्वयन तहमा लगिएको बताउने पूर्व मन्त्री श्रीपाइलीले निर्माणाधीन संरचना हेरिसकेपछि समयमै आठौं गर्न सकिने धारणा राखे । उनै पूर्वमन्त्री श्रीपाइलीसँग गरिएको संवाद

आठौँ राष्ट्रिय खेलकुद समयमै गर्न सकिन्छ?
आठौँ राष्ट्रिय ०७५ साल मानै नेपालगन्जमा गर्ने हामीले उद्घोष गरिसकेका छौँ । तोकिएको मितिमा गर्न सक्यौँ भने खेलकुदका लागि ऐतिहासिक हुने छ । नेपालगन्जलाई चिनाउने र प्रदेश नं. ५ का लागि अवसर पनि हो । आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता यो बर्ष नै गर्न सम्भव छ । भौतिक पूर्वाधारहरु पनि धेरै बनिसकेको अवस्था छ । केही प्राइभेट सेक्टर र सरकारी भौतिक पूर्वाधार पनि यहाँ भएकोले प्रतियोगिताका लागि पर्याप्त संरचना भएको मैले पाए ।
आठौँका लागि निर्माण भइरहेका भौतिक पूर्वाधार पनि खेल्न मिल्ने भइसकेको मैले पाए । अहिलेकै अवस्थालाई हेर्नेहो भने पनि हामीले पूर्ण रुपमा प्रतियोगिता संचालन गर्न सक्छौँ । आठौँ खेलकुद भौतिक पूर्वाधारका कारण रोकिने अवस्था मैले देख्दैन । सबै दृष्टिकोणले हेर्दा प्रतियोगिता रोकिने कुनै कारण म देख्दिन । प्रतियोगिताका लागि खेलाडी छनोट भइसकेका छन् । खेलाडीमा उत्साह जागिसकेकोले त्यो उत्साहलाई मर्न दिनहुँदैन ।

चैतमै प्रतियोगिता नगरेर अरु समयमा गर्दा के हुन्छ ?
नेपाल सरकारले २०७५ मा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनेर निर्णय गरिसकेको छ । सरकार भनेको एउटा साँचो बोल्ने हुनुपर्छ भन्ने सन्देश पनि दिन जरुरी छ । सरकारले सत्य बोल्छ भन्ने आशा जनतामा हुन्छ, त्यसैले पनि पछिल्लो विरासतलाई तोड्दै यस पटक तोकिएको समयमै प्रतियोगिता गराउन जरुरी छ । यदि समयमै प्रतियोगिता गराउन सकिएनभने बर्तमान नेतृत्व र सरकारको अस्तित्व नै हराउनेछ । हामी २०७५ मै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनेर अभियानमै लागेका छाँै र गर्न पनि पर्छ । अव प्रतियोगिता गराउन सम्भव पनि छ ।

प्रतियोगितालाई मात्र ध्यानमा राख्दा कतै भौतिक पूर्वाधारमा असर त पर्ने होइन?
भौतिक पूर्वाधारहरु अलपत्र पर्दैनन् किनभने विगतका प्रतियोगिता बाट केहीपाठ सिकेका पनि छाँै । जनताले आशंका गर्नु पनि स्वभाविक हो । म नेतृत्वमा रहिरहँदा मैले यो विषयमा राम्रोसँग वुझेको छु र सबैमा विश्वस्त रहन अनुरोध पनि गर्दछु । साथै खेलप्रेमीतपाई हामीले चासो राखिराख्न जरुरी छ ।
पूर्वाधारहरु निर्माण अलपत्र पर्नेमा कुनै आशंका नगर्दा हुन्छ । अहिलेको प्रमुख आवश्यकता भनेको प्रतियोगिता सम्पन्न गर्नु नै हो । यहाँ ठूलो भौतिक पूर्वाधार निर्माण भइरहदा केही बाँकी भएपनि त्यसलाई निरन्तरता दिन सकिन्छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा हेर्दा खेरी के भन्नुहुन्छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीको सक्रियता, लगन र जिम्मेवारी पनले पनि अहिले जुन रुपमा तयारी अघि बढिरहेको छ त्यो सन्तोषजनक नै छ । मन्त्रालयले पनि आठौँ राष्ट्रिय खेलकुदलाई विशेष रुपमा लिएकोले हाम्रो चासो र सहकार्य सदैव हुनेनै छ ।
मलाई कतिपयले सुनाउनुहुन्छ भौतिक पूर्वाधारहरु बनिसकेका छैनन्, खेलाडीहरुका लागि खेल्ने बातावरण पनि बनेको छैन जस्ता भ्रम सिर्जना गर्ने खालका कुरा पनि सुनाइरहनुहुन्छ, तर हामी यो विषयमा गम्भिर नै छौँ । म त्यसैले पनिआफै अवलोकन गर्न आएको हुँ । यसलाई समयमै सुरु गरेर सफलता पूर्वक सम्पन्न गर्ने मेरो पनि जिम्मेवारी हो भन्ने लागेर यसमा चासो लिइरहेको छु । खेलकुद प्रति मेरो असाध्यै प्रेम छ । भौतिक पूर्वाधार हेर्दा यसको नतिजा राम्रो देखिरहेको छु । खेलाडीहरुले मिति चाँडो तोक्नु पर्यो भनिरहेका वेला मन्त्रालयलाई ठूलो जिम्मेवारी पनि थपिएको मैले महशुस गरेको छु ।

यसअघि पनि चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा सम्पन्न भइसकेको छ । त्यो बेलाको भौतिक पूर्वाधारको तुलनामा प्रदेश ५ मा कायापलट नै भएको छ, तर भिआइपि प्याराफिट अझैँपनि निर्माणकै चरणमा भएकाले के प्रतियोगिता तोकिएको समयमा हुन सक्ला?

हिजोको परिस्थिति भन्दा अहिलेको अवस्था विकसित भइसकेको छ । नेपालगन्जमा झण्डै २१ वर्षपछि राष्ट्रिय खेलकुदप्रतियोगितागर्दै छौँ । त्यसैले पनि यस पटकको प्रतियोगिता इतिहासकै राम्रो हुन जरुरी छ । खेलाडीहरु राष्ट्रका गहना हुन उनीहरुलाई राष्ट्रप्रति भाव जगाउन सकियो की सकिएन भन्ने पनि महत्वपूर्ण विषय हुन सक्छ । खेलाडीलाई अघि बढाउन निरन्तर प्रतियोगिता गर्नु पर्छ । सुविधा सम्पन्न पूर्वाधार सहित नेपालगन्जमा खेल मैदान निर्माण पूरा हुनलाग्दा असम्भव भने केहि छैन । अस्थायी प्याराफिट बनाएर भएपनि समयमै प्रतियोगिता हुन्छ । खेलाडीको मनोविज्ञानलाई बुझ्ने गरी यहाँपूर्वाधार बन्नेमा ढुक्क छु ।

संघीयतालाई यसले कसरी सघाउ पुर्‍याउन सक्छ ?
देशले खेलकुदका क्षेत्रबाट विकास गैरहेको छ । ग्रामिण स्तरबाट पनि खेलाडीहरु उत्पादनभइरहेका छन् । स्थानीयतहमा भौतिक पूर्वाधारहरु निर्माण पनि भइइरहेका छन् । स्थानीय तहबाटै क्षमतावान खेलाडी उत्पादन गर्नुपर्ने हुन्छ । यसलाई प्रदेश र केन्द्रले पनि बराबर रुपमा सहयोग, सहकार्य गर्दै जान्छ । यतिका भौतिक पूर्वाधार बन्दा यसलाई स्वामित्वलिने धेरै आउन सक्छन् । सबै मिलेर यसलाई जोगाउन आवश्यक छ । खेलकुदले नमिलेको जोडीलाई पनि मिलाउँछ । त्यसैले यो आठौँ राष्ट्रिय खेलकुदले बर्दियाका खेलाडीलाई पाल्पासँग, पाल्पाका खेलाडीलाई बर्दिया, नेपालगन्ज ल्याउने छ ।
त्यस्तै अन्य जिल्लाका खेलाडीलाई मित्रता कायम गर्नेछ । संघीयताले झनै भावनात्मक रुपमाजोड्नेछ । सुदूरपश्चिम, कर्णालीदेखि १ नम्बर प्रदेशलाई समेत प्रतियोगिताले जोड्ने छ ।

दुई वर्षको दौरानमा राष्ट्रिय खेलकुद परिषदले जुन रुपमा काम गर्‍यो त्यसलाई कसरी लिनुभएको छ ?
हुन त दुई वर्षको अवधिभनेको लामो समय हो । नेपाली खेलकुदको आशा हिजो एउटा पहुचँ भित्र थियो । पहुचँवालाहरुको मात्र हाली मुहाली थियो । आज हेर्नेहो भने सर्वसाधरणमा पुगिरहेको छ । गाउँ घरदेखि दुर दराज सम्म पुग्न जरुरी छ । अहिले हेर्नेहो भने यसको व्यवस्थापन पक्ष अलि कमजोर छ, तर पनि काम भने राम्रो भइरहेको छ । खेलाडीहरुको भविश्यलाई हेरेर खेलकुद परिषदले कामगर्न आवश्यक छ ।


अबतपाईको तर्फबाट केन्द्रमा के कस्तो पहल हुन्छ ?

मैले प्रत्यक्षअप्रत्यक्ष रुपमा सम्बन्धित मन्त्रालय, निकायमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई संचालनको कुरा गर्ने छु । प्रतियोगितालाई भव्य रुपमा सम्पन्नगर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्ने छैन ।

आठौं राष्ट्रिय खेलकूदको मिडिया सेन्टरबाट

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464