खेलकुद अभिमुखीकरण सम्पन्न

खेलकुद अभिमुखीकरण सम्पन्न
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम पोखरामा सोमबार सम्पन्न भएको छ । यससंगै सातै प्रदेशमा खेलकुद अभिमुखीकरण सम्पन्न भएको छ ।
प्रदेशस्तरीय कार्यक्रमका सहभागीलाई राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । कार्यक्रमकै दौरान भेट्रान खेलाडीहरुसंग अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । उक्त अवसर युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर ढकाल, राखेपका सदस्यत्रय राजेश गुरुङ, सम्पन्न श्रेष्ठ र रेणुका श्रेष्ठ, प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता, भेट्रान खेलाडी र स्थानिय खेल संघका प्रतिनिधि गरी जम्मा १ सय ४९ जना सहभागी थिए ।
कार्यक्रमको दोश्रो तथा अन्तिम दिन सदस्य–सचिव सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, १० औं सागअन्तर्गत करातेतर्फ एकल काताकी स्वर्णधारी सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी र रमन नेपालीले स्पोर्ट्स मोटिभेसन बारे जानकारी दिएका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373