Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

खेलकुद उत्पादक क्षेत्र हो– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्र उत्पादक क्षेत्र भएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘खेलकुदसंग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताए हुन् ।
‘खेलुकदले सिंगो राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेली रहेको हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले सफलता हात पार्दा सिंगो देश र देशवासी गौरवान्वित हुन्छन् । त्यसैले खेलकुद अनुत्पादक होइन उत्पादक क्षेत्र हो ।’– प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले खेलाडी छनोटमा भेदभाव गर्न नहुने बताउदै खेलाडीको क्षमताका आधारमा उत्कृष्टलाई छनोट गरी अवसर दिनु पर्नेमा जोड दिए । उनले रजत र कांस्यका लागि नभइ खेलाडीले स्वर्ण नै जित्छु भनेर प्रदर्शन गर्नु पर्ने धारणा राख्दै आगामी वर्षमा खेलुकदको बजेटमा बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको ५१ स्वर्ण ऐतिहासिक भएको बताउदै खेलकुदमा खेलअघि र खेलपछि हुने हार्दिकतालाई सबैले अनुशरण पर्ने आवश्यकता औल्याए ।
युवा तथा खेलकुद मन्त्री दावा तामाङले आफूले पदभार ग्रहण गरेकै दिन  खेलाडीको रोकिएको प्रोत्साहन भत्ता निकासाका लागि प्रकृया अगाडि बढाएर खेलाडीले समेत पाइसकेको बताउदै १३ औं सागका स्वर्ण विजेता खेलाडीको प्रोत्साहन भत्ताका लागि पनि पहल भइसकेको बताए ।
राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदमा अझ लगानी बढाएको खण्डमा अझ राम्रो नतिजा दिन सकिने बताउदै खेलकुदमा बजेट बृद्धिका लागि आग्रह गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464