खेलकुद मन्त्रीको निरीक्षण

काठमाडौं, फागुन ८ गते ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले आईतवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातमा रहेको भौतिक पूर्वाधारको आइतबार निरीक्षण गरेका छन् । मन्त्री गहतराजले राखेपको कभर्डहल, खेलकुद चिकित्सा तथा अनुसन्धानमा रहेका स्वास्थ्य सामाग्रीको अवलोकन गर्नुका साथै २०७२ सालको भुकम्पका कारण भत्किएको पौडी पोखरी र राखेपको नयाँ कार्यलय भवनको निरीक्षण गरेका थिए । सो अवसरमा मन्त्री गहतराजले राखेपका निमित्त सदस्य सचिव, बिभागिय प्रमुख तथा शाखा प्रमुखलाई निर्देशन दिदै भने– ‘आसन्न एशियान खेलकुद र १४ औं सागको तयारीका लागि खेलाडी छनोट अनिवार्य भएको छ । नियमित खेल तालिकामा परेको नवौं राष्ट्रिय खेलकुद बिभिन्न कारणले हुन सकेको छैन । खेलाडी छनोटका लागि राष्ट्रिय प्रतियोगिताको आयोजना अपरिहार्य छ, हामी चाँडै नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने तयारीमा छौं । त्यसमा ध्यान केन्द्रि गर्नुस ।’
निरीक्षणका दौरान राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव कुलबहादुर थापा, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373