खेलकुद मन्त्री गहतराज र ओली विच भेट वार्ता

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र बिश्व ओलम्पिक संघ एशियाको विकास प्रवन्धक जोभिना चो ओली विच आज बिहिबार राष्ट्रिय खेलकुद परिषद्मा भेट वार्ता भयो । भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न के कस्ता कार्यहरु गर्नु पर्ने हो त्यसका बारेमा प्रवन्धक ओलीले जानकारी गराएकी थिईन् । मन्त्री गहतराजले त्यसका लागि आफु सदा तत्पर रहेको भन्दै आगामी दिनमा विविध कार्यक्रमको सुरुवात गर्ने बताए ।


भेटघाट कार्यक्रममा मन्त्री गहतराजले प्रवन्धक ओलीलाई कलात्मक झ्यालको प्रतिक मायाको चिनो प्रदान गरेका थिए । यस्तै ओलीले पनि आफ्नो तर्फबाट मायाको चिनो प्रदान गरेकी थिईन् ।
कार्यक्रममा राखेपका उपाध्यक्ष शिब कोईराला ज्वाला, सदस्य सचिव टंकलाल घिसिङ, प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेत र तालिमा तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.क.का साथै ओलम्पियन दीपक बिष्ट र राजेन्द्र भण्डारीको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373