Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

खेलकुद मन्त्री र सदस्य–सचिव सम्मानित

नेपाल वादोरियो कराते डो संघले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलाई मंगलबार सम्मान गरेको छ ।


खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत संघको आयोजनामा सुरु चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री विश्वकर्मा र सदस्य–सचिव विष्टलाई सम्मान गरिएको हो । सोही अवसरमा नवौं सागका स्वर्णधारी कुशल श्रेष्ठलगायत पनि सम्मानित भए । उनीहरुलाई नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान पत्र प्रदान गरी सम्मान गरे । 


पहिलो दिन महिला ४५ केजीमा अस्मिता तामाङ र आशा श्रेष्ठ, पुरुष खुलामा राजु बुढाथोकी र सन्तोष श्रेष्ठ तथा पुरुष ५५ केजीमा राजकुमार श्रेष्ठ र एलोन श्रेष्ठ सेमिफाइनलमा पुगे । सेमिफाइनलमा पुग्ने सबै खेलाडी नेपालका हुन् ।
बुधबारसम्म चल्ने प्रतियोगितामा ४ सय ४५ खेलाडीले २३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जनाएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464