Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

खेलकुद सचिव मैनालीको बिदाइ

काठमाडौं, भदौ २७ गते ।
युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा भएका सचिव लक्ष्मणप्रसाद मैनालीलाई सोमबार बिदाइ गरिएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच मैनालीलाई खेलकुद मन्त्री दलजीत विके श्रीपाली, सह–सचिव चूडामणि पौडेललगायतका कर्मचारीले मैनालीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । सो अवसरमा मन्त्री श्रीपालीले सचिव मैनालीलाई मायाको चिनो प्रदान गरेका थिए ।
भदौ २६ गतेको मन्त्री परिषद् निर्णयबाट मैनाली खेलकुदबाट श्रम मन्त्रालयमा सरुवा भएका छन् । गत वर्षको मंसिर पहिलो साता मैनाली सूचना आयोगबाट खेलकुद मन्त्रालयमा सरुवा भएका थिए । मैनालीको स्थानमा रक्षा मन्त्रालयका सचिव महेश दाहाल खेलकुद मन्त्रालयमा आउने छन् । मैनाली २०४३ सालमा शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका थिए ।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले करिब १ महिनाको छोटो अवधिमा पनि सचिव मैनालीसंग उदाहरणीय सहकार्य गरेको बताउदै हालसम्म सचिवको नेतृत्वमा रहेको सम्पूर्ण कर्मचारीसंग आफू सन्तुष्ट रहेको धारणा व्यक्त गरे ।
सचिव मैनालीले खेलकुद मन्त्रालयमा रहँदा कर्मचारीबाट सहयोग पाएको बताउदै आफ्नो हालसम्मको सेवा अवधिमा कुनैपनि निकायमा बस्दा आफूलाई कहिलै अफ्ठेरो महशुस नभएको बताए ।
सह–सचिव पौडेलले सचिव मैनाली शालिन र बौद्धिकताको धनी व्यक्ति भएको बताउदै खेलकुद मन्त्रालयमा १० महिने अवधिमा सचिव मैनालीले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
अर्का सह–सचिव तेजराज पाण्डेले सरुवा नियमित प्रकृया भएको बताउदै नयाँ जिम्मेवारीलाई पनि सचिव मैनालीले सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464