खेलाडीलाई कावासाकीको प्रायोजन

योनेक्स युएस ओपन ग्रापी ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीका खेलाडीहरुलाई कावासाकीले १ लाख २० हजार बराबरको खेल सामाग्री प्रायोजन गरेको छ ।
नेपालस्थित कावासाकीका आधिकारीक विक्रेता एक्सिस ईन्टरनेशनलले खेलाडीहरु नङ्गसल तामाङ, रत्नजित तामाङ र विकास श्रेष्ठलाई ब्याडमिन्टन ¥याकेट, जुत्ता, मोजा, टिसर्ट, ब्याग लगायत जनही ४० हजार बरावरकोे खेल सामग्री सहयोग गरेको हो । खेलाडीहरुलाई एक्सिस ईन्टरनेशनलका अनिल जगनानीले खेल सामग्री प्रदान गरे ।
कावासाकीले २०६८ देखि २०७० साल सम्म तीन बर्ष विकास श्रेष्ठलाई खेल सामग्री प्रदान गरेको थियो । यस्तै ७० देखि ७१ सम्म सरादेवी तामाङ्ग, विकास श्रेष्ठ र रत्नजित तामाङ्गलाई खेल सामग्री प्रायोजन गरेको थियो । एक्सिसले कोरियाको ईन्चोन सहरमा आयोजना भएको १७ औं एशियाड र भारतको गुहाटी र सिलोङ्गमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा पनि नेपाली ब्याडमिन्टन टोलीलाई कावासाकी ब्रान्डको खेल सामग्री प्रायोजन गरेको खेलाडी विकास श्रेष्ठले जानकारी गराए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373