खेलाडी प्रति अन्तिम श्रृदाञ्जली
राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दूर्घटनामा परि निधन भएका पाराग्लाइडिङ खेलाडी निसिम थापालाई अन्तिम श्रृद्धाञ्जली दिएको छ।
आज रामघाटमा भएको दाहसंस्कारमा राखेपका उपाध्यक्ष शिव कोइरालाले स्वर्गिय थापाको पार्थीव शरिरमा राखेपको झन्डा ओढाएका थिए।
आइतवार पाराग्लाइडिङ प्रतिस्पर्धा गर्ने क्रममा थापाको दूर्घटनामा परि निधन भएको थियो। उनको निधन प्रति परिषदले दुख ब्यक्त गर्दै समवेदना प्रकट गरेको छ।
त्यस क्रममा परिषदका वोर्ड सदस्यहरु राजेश गुरुङ, दीपेन्द्र विष्ट, एलबी क्षेत्री तथा राखेपका विभागिय प्रमुखहरुले श्रृदाञ्जली अर्पण गरेका थिए।
फेसबुक प्रतिक्रिया