खेलाडी संघले बुझायो ध्यानाकर्षण पत्र

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेपाल संघिय लोकतन्त्रमा प्रवेश गरे पश्चात निर्माण हुन लागेको खेलकुद विकास ऐन २०७५ संसदमा बिचाराधिन रहेको अवस्थामा ऐनमा केहि असान्दर्भिक बुँदा रहेको भन्दै उक्त बुँदाहरु संसोधन गर्नका लागि बिभिन्न ब्यक्तित्वहरुलाई आईतबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघका अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल, संघिय संसद, शिक्षा तथा स्वास्थ्य समितिकी संयोजक माननिय साँसद जयपुरी घर्ती र सोही समिति अन्तरगत युवा तथा खेलकुद सम्वन्धमा अध्ययन गर्न गठित उपसमितिका संयोजक माननिय साँसद जीवन राम श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
संघका अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हाल संसदमा बिचाराधिन रहेको खेलकुद विकास ऐनको दफा ७ को उपदफा (३) को खण्ड (घ)मा ब्यवस्था भएको ६० बर्ष उमेर भएमा पद रिक्त हुने ब्यवस्थालाई संसोधन गर्नु पर्ने माग गरिएको छ । यो ब्यवस्था भएको खण्डमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, ओलम्यिन, खेलविज्ञ, खेलकुद क्षेत्रका दक्ष र अनुभवी प्राविधिकहरु समेत खेल संघबाट बाहिरिंदा खेल क्षेत्रलाई असर पर्ने हुनाले बुँदालाई हटाउनु पर्ने माग गरिएको हो ।
यसै गरि दफा १८ को उपदफा ६ को सट्टामा राखेपका कर्मचारीहरुलाई एक खेल संघमा मात्र बस्न पाउनु पर्ने ब्यवस्था हुनु पर्ने र प्रशिक्षकको हकमा आफ्नो सम्वन्धित खेल संघमा मात्र बस्न पाउनु पर्ने स्पष्ट ब्यवस्था हुनु पर्ने माग गरिएको छ । ऐनको दफा १८ को उपदफा (७) मा भएको परिषद् कर्मचारी र प्रशिक्षक शब्दलाई हटाई खेलाडी भएकै कारण कर्मचारी र प्रशिक्षक हुने भएकाले आफु जुन खेलको खेलाडी हो सोही संघमा रहेर खेलको विकास र विस्तारमा थप योगदान पु¥याउने र संघमा प्राविधिक सल्लाहकारको रुपमा समेत कार्य गर्न सक्ने ब्यवस्था हुनु पर्ने तथा दफा ४८ को (३) मा भएको ब्यवस्था हटाउनु पर्ने माग गरिएको छ । कारण कुनै पनि ऐन स्विकृत भएपछि सवै धाराहरु एउटै समयमा लागु हुनु हुँदा दफा १ को २ संग बाझिन जाने भएकोले उक्त दफा हटाउन माग गरिएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309