Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

खेल बर्गिकरण हुन्छ – मन्त्री बिश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार (बिश्वकर्मा)ले खेल संघको बर्गिकरण हुने बताउनु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा राखेपमा दर्ता भएका राष्ट्रिय संघहरुको अन्तर्कि्रया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल बर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्रार्थमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने बताउनु भयो ।
राखेपका उपाध्यक्ष शिव कोईरालाले ब्यक्ती एउटा दायित्व धेरै भएको संघमा पाईयो, अब त्यो प्रथाको अन्त्य हुने छ । संघ विबाद सामाधन समितिका संयोजक समेत रहनु भएका उपाध्यक्ष कोईरालाले भन्नु भयो– संघ धेरै भएर राज्यले धान्न नसकेको होईन, कतिपए संघले गर्ने क्रियाकलापबाट खेलकुद बदनाम हुदै आएको छ अब यस्तो परिपाटी चल्दैन ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका गतिबिधि क्रमशः सामान्य अवस्थामा आउदै गरेको बताउदै भन्नु भयो– नेपाल सरकारको स्वास्थ्यको प्रोटोकललाई ध्यानमा राखी परिषद्ले पुष महिना भर खेलकुदले मेची–महाकाली जोड्ने गरि ७ वटै प्रदेशमा २÷२ दिने कार्यक्रमको आयोजना गदैछौ । प्रदेशका खेलकर्मी, खेलाडी, प्रशिक्षकलाई लक्षित कार्यक्रमले एक प्रकारको सन्देश दिनेछ । सदस्य सचिवले संघहरुले प्रतियोगिता गर्नका लागि अनुमति मागि रहेको जानकारी गराउदै भन्नुभयो कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास, विस्तार र समृद्धिका लागि प्रतियोगिता पनि क्रमशः आयोजना हुदै जाने छन् ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेमा जानकारी गराउनु भयो । कार्यक्रममा लगभग ८० संघका प्रतिनिधिको सहभागिता रहेको थिए । धेरै जसो संघहरुले आगामि नवौं राष्ट्रिय खेलकुदमा आफ्नो खेललाई पनि समाबेश गरिनु पर्ने धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा राखेप सदस्यहरु, बिभागिय प्रमुखहरु, प्रशिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464