खोखो खेलाडी छनोट
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको मध्यमाञ्चल क्षेत्रीय छनोटका लागि काठमाडौंबाट खोखो टोलीको छनोट गरिएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको छनोट प्रतियोगिताबाट समान १२–१२ पुरुष÷महिला गरी जम्मा २४ खेलाडी छनोट गरिएको आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
पुरुषमा विकीराज महर्जन, पवन महर्जन, ईश्वर मोक्तान, विष्णु भुसाल, रोहन कपाली, अनिश वाइबा, सुजन घिमिरे, रजल बल, प्रवीण वाइबा, विशाल बस्नेत, मनोज तामाङ तथा रविन तामाङ रहेका छन् ।
महिलामा सन्ध्या श्रेष्ठ, रिया महर्जन, कोपिला कार्की, सुनीता मानन्धर, श्रृष्टि तामाङ, रविना महर्जन, सविता श्रेष्ठ, निशा शाह, सविना श्रेष्ठ, मीना बस्नेत, भावना लामा र पूजा महर्जन छन् ।
फेसबुक प्रतिक्रिया