खो खो टोली भारत जाने

काठमाडौं, चैत २ गते ।
चौथो एसियाली खो खो च्याम्पियनसिपमा सहभागी हुन २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली खो खो टोली शुक्रबार भारतको आसामस्थित गुवाहटी प्रस्थान गर्ने भएको छ ।


मार्च २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष र महिला टोलीले सहभागिता जनाउने छ । पुरुष खेलाडीमा राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव रोकाया, विष्णु थारु, भरत सारु, रोहितकुमार वर्मा, विकरलसिंह रत्गइया, प्रवेज आलम, बेदबहादुर ओली र कपिलदेव भट्ट रहेका छन् ।
महिलामा सरस्वती कडायत, विनु तामाङ, निशा शाही, निर्मला गिरी, पूजा ओड, अन्जली थापा मगर, दीपा विक, पुनम थारु, आशा थारु, अनिशा गोले, खुश्बु राणा र मनमति धामी छन् । प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र लक्ष्मीनारायण वैद्य, सहायक प्रशिक्षकमा खगेन्द्रबहादुर शाही र भीमबहादुर लामा तथा निर्णायकमा दिलिपकुमार महर्जन र नागेन्द्र वज्राचार्य रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373