गण्डकीलाई हराउँदै मधेस प्रदेशको विजयी सुरुवात : दोश्रो खेलमा बागमतीलाई सफलता
गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय प्रतियोगिता अन्तरगतको महिला २०–२० क्रिकेटमा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेसले गण्डीकी प्रदेशलाई ४० रनले पराजित गर्दै समूह ए मा महत्वपूर्ण २ अंक जोड्न सफल भएको छ ।
उद्घाटन खेलमाटस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको मधेसले निर्धारित २० ओभरमा आठ विकेटको क्षतीमा ७७ रन जोेडेको थियो । मधेसका लागि शान्ति चौधरीले सर्वाधिक १५ रन जोडिन । नटआउट उनले २७ बलको सामना गर्दै उक्त रन जोडेकी थिईन् । यस्तै साना प्रविनले १४ बलको सामना गर्दै १ चौकाको मद्धतले १४ रन र अलिशा यादवले २२ बलमा एक चौकको मद्धतले १४ रननै जोड्न सफल भईन् । यस्तै अन्य खेलाडीहरुमा रोजी कडारी ९, सरस्वती कुमारी र सन्तोषी चौधरीले समान ८ रन र गोमा आलेले १ रन जोडिन् । गण्डकीका लागि आकृती तिवारीले ३ विकेट, कुसुम गोदारले २ विकेट, श्रृष्टी जैशी र शिला क्षत्रीले समान १ विकेट लिए ।
७८ रनको लक्ष लिएर मैदान प्रवेश गरेको गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमा समेटिन पुग्यो । शिला क्षत्रीले टिमका लागि १० रन जोड्नु बाहेक अरु खेलाडीले दोहोरा अंक जोड्न सकेनन् । श्रृजना पौडेल ७ रन, कप्तान जोत्स्निका मरासिनी ५, कप्तान श्रृष्टी जैशीले ३ रन, अन्जली बिश्वकर्मा र सिमाना के.सी.ले समान २ रन जोडे । मधेसकी ओमेन अफ दि म्याच अनुराधा चौधरीले ४ ओभर बलिङ्ग गर्दै १ मेडनका साथ ८ रन दिंदै ४ विकेट लिईन् । यस्तै कविता गौतम र शान्ति चौधरीले समान २ विकेट र सन्तोषी चौधरीले १ विकेट लिन सफल भए ।
दोश्रो खेलमा बागमतीलाई सफलता
आजै भएको समूह ए के दोश्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै महत्वपूर्ण २ अंक जोड्न सफल भयो । ७१ रनको लक्ष पछयाएको बागमतीले १३.१ ओभरमा २ विकेटको क्षतीमा लक्ष भेटाएको हो । बागमतीले ७२ जोड्यो । कञ्चन श्रेष्ठले ४४ बलको सामना गर्दै २५ रन जोड्न सफल भईन् । उनी रन आउट भईन् । यस्तै सुमन खतिवडा ११ रन, अश्मिता खरेल ९ रन र आरती विडारी नटआउट ३ रन जोड्न सफल भए । सुदूरपश्चिमका यासुपाण्डेले १ विकेट लिईन् ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको बागमतीले सुदूरपश्चिमलाई ७१ रनमा रोक्न सफल भएको थियो । सुदूरपश्चिमकी अनु कडायतले सर्वाधिक २२ रन जोडिन् । उनले २३ बलको सामना गर्दै २ चौक प्रहार गरिन् । रुवी पोदारले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । यशु पाण्डेले ७, विन्दु रावल र स्नेहा महराले समान ५, रितु कनौजियाले ३ र डली भट्टले २ रन जोडे । बागमतीले अतिरिक्त १५ रन दिएको थियो ।
बागमतीकी ओमेन अफ दि म्याच सोनी पाखरिनले ५ विकेट लिईन् । उनले आफ्नो स्पेलमा १३ रन दिईन् । यस्तै खुशी डङ्गोलले २ र अश्मिता खरेलले १ विकेट लिए ।
फेसबुक प्रतिक्रिया