गण्डकी फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ। गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो। गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे। अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ।

महिला ह्याण्डबलः २ विभागीय क्लब फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलमा २ विभागीय आर्मी र एपीएफ फाइनल पुगेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले प्रदेश–१ माथि २९–६ ले हराउँदै फाइनल पुगेको हो। एपीएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन्।
त्यस्तै आज नै भएको महिलातर्फको दोस्रो खेलमा विभागीय आर्मीले घरेलु गण्डकीलाई २४–९ ले हराउँदै फाइनलमा स्थान बनाएको छ। आर्मीकी कल्पना ओलीले सर्वाधिक ७ गोल गरिन्।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420