गाइघाट फुटबल क्लबले प्रथम बेलका हरियाली गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि
गाइघाट फुटबल क्लबले प्रथम बेलका हरियाली गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
फाइनलमा गाइघाटले विन्दावासिनी युवा क्लब, मोरङलाई सडन डेथमा पराजित ग¥यो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।
बेलका नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
फेसबुक प्रतिक्रिया