गोल्डेनपिकलाई डण्डीबियो उपाधि

काभ्रेको गोल्डेनपिक स्कुलले दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको फाइनलमा गोल्डेनपिकले नाजरथ स्कुल, ललितपुरलाई १९४–१५३ ले पराजित ग¥यो । गोल्डेनपिकको जितमा विपिन शिवभक्तीले सर्वाधिक ७० अंक योगदान गरे ।
तेश्रो स्थानका लागि भएको खेलमा सेन्टिनियल उमावि, काठमाडौंले दीपशिखा मावि, काभ्रेलाई १७२–१४० अंकले हरायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य उपेन्द्र पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा काठमाडौं, ललिपतुर र भक्तपुरबाट समान ३–३ तथा काभ्रेबाट २ गरी जम्मा ११ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373