Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

ग्रान्डमास्टर रकिबको निरन्तर अग्रता

नेपालका उदियमान युवा खेलाडी सुमित पन्त (१९३५) लाई पराजीत गर्दै बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह (२४९२) ले एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा एकल अग्रता कायम राखेका छन् । नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा जारी च्याम्पिनसीप अन्र्तगत शनिबार सम्पन्न सातौं चरणको प्रतिष्पर्धात्मक खेलको १४ औं चालमा ब्लन्डर गरेपछि सुमितले १५ औं चालमा रकिबलाई नतिजा सुम्पिए । ७ चरणको समाप्तिमा रकिबको ६ अंक भएको छ ।
डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) अर्का बंगलादेशी फिडेमास्टर हसन मेहेदी (२२६३) लाई पराजीत गदैं ५ दशमलब ५ अंकका साथ अंकतालिकाको दोश्रो स्थानमा रहेका छन् ।
पूर्व नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ (२०७७) ले नेपालका अर्का युवा प्रतिभा हिमाल लामा (२०८१) लाई हराउँदै ५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भए । त्यसैगरी बंगलादेशी ग्रान्टमास्टर नियाज मुर्सीद (२४२२) पनि आफ्नै देशका फिडेमास्टर मोहम्मद रहमान तैवुर (२३४१) लाई हराउँदै ५ अंक बनाउन सफल भए ।
बंगलादेशी अन्र्तराष्ट्रिय मास्टर आवु सुफिन साकिल (२३४३) ले नेपालका फिडेमास्टर मनिष हमाल (२०५२) माथि जीत निकाले । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी (२०३६) पनि बंगलादेशी फिडेमास्टर साइद महफुजुर रहमान (२२५०) सँग पराजय व्यहोर्न पुगे । साकिल र साइद समान ४ दशमलब ५ अंकमा रहेका छन् ।
नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ (२०९९) ले बंगलादेशी ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) सँग बराबरीको नतीजा हात पार्न सफल भए । नेपालका मदनकृष्ण , सुुमित पन्त, हिमाल लामा तथा बद्रीलाल नेपाली, श्रीलंकाली कालुगाम्पिटीया आर एस, बंगलादेशी इनामुल हुसेन, हसन मेहेदी तथा मोहम्मद तैवुर समान ४–४ अंकमा रहेका छन् । २१२९ रेटेड श्रीलंकाली कालुगाम्पिटीयाले नेपालका मिलन लामा (१७७१) लाई हराए । उता बद्रीलालले नेपालकै क्यान्डिडेटमास्टर सजीन महर्जनलाई पराजीत गरे ।
माल्दिभ्सका अनरेटेड अहमद अमन इब्राहिमले नेपालका राजेन्द्रकुमार पराजुली (१७४०) लाई हराउँदै ३ दशमलब ५ अंक बनाए । उनीसँगै नेपालका मनिष हमाल, भगवतीप्रसाद शर्मा (१८४८) तथा क्षितीज भण्डारीको समान ३ दशमलब ५ अंक भएको छ ।

श्रीलंकाली सौम्य जैनव बनिन् वुमन क्यान्डिडेटमास्टर, रानी हमीदको अग्रता कायमै
श्रीलंकाली सौम्य जैनव (१७८८) ले वुमन क्यान्डिडेटमास्टर टाईटल प्राप्त गरेकी छन् । काठमाडौंमा जारी एशियन जोनल चेस च्याम्पियनशीपको महिलातर्फको स्पर्धामा शनिबार बंगलादेशी वुमन फिडेमास्टर नजराना खान (१९०४) सँग बराबरीको नतिजा आत्मसात गरेकी जैनवको ४ दशमलब ५ अंक भएको छ ।
उता पहिलो बोर्डमा कालो गोटीबाट खेलेकी बंगलादेशी वुमन इन्टरनेशनलमास्टर रानी हमीद (१९९०) ले नेपालकी सविना श्रेष्ठ (१४०५) लाई हराउँदै ७ अंकका साथ आफ्नो एकल अग्रता कायम राखेकी छन् ।
नेपालकी शान्ता थापा (१६२६) लाई पराजीत गर्दै बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमा अख्तर ६ अंकका साथ दोश्रो स्थानमा रहेकी छन् ।
बंगलादेशी नजराना खान, वुमन क्यान्डिडेटमास्टर महमुदा हक चौधरी (१७४०), तथा सरमीन समिहा सीम्मी (१८४२) समान ४–४ अंकमा रहेका छन् । त्यसैगरी बंगलादेशी वुमन फिडेमास्टर सुल्तान सरमीन सिरिन (१९९८) नेपालकी सिन्दिरा जोशी (१६२५) लाई हराउँदै अंकतालिकामा ३ दशमलब ५ अंक बनाउन सफल भईन् ।
नेपालका शान्ता थापा र सबिना श्रेष्ठ समान ३–३ अंकमा रहेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464