घिमिरे परिवारलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख स्व. प्रकाशचन्द्र घिमिरेको परिवारलाई मंगलबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
राखेपका स्थायी कर्मचारीबाट पुस महिनाको तलबबाट १.५ प्रतिशत कट्टा गरी हुन आउने जम्मा रकम २ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ स्व. घिमिरेको परिवारलाई हस्तान्तरण गरिएको हो ।
राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. घिमिरेकी धर्मपत्नी मनु घिमिरेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । कर्मचारी संघको पहलमा परिषदमा कार्यरत कर्मचारीको देहावशानमा परिवारलाई स्थायी कर्मचारीहरुको तर्फबाट आर्थिक सहयोग गर्ने परम्पराको थालनी गरिंदै आईरहेको संघका महासचिव फणिन्द्र पौडेलले जानकारी गराए ।
घिमिरेको गत असोज ९ गते सडक दुर्घत्नामा परी निधन भएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309