Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

चौथो प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गर्नु भएको छ । नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता २०८१ साल असार २१ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल जारी रहने छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताउनु हुँदै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जित्नु भएका गुणराज रुचाललाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व मन्त्री विना थापा मगर, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतको उपस्थिति रहेको थियो ।

May be an image of 7 people, dais and textMay be an image of 9 people and daisMay be an image of 7 people, dais, temple and textMay be an image of 2 people and textMay be an image of 3 people and dais

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464