चौथो राष्ट्रिय प्रोफेशनल आइटिएफ तेक्वान्दो हुने

चौथो राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप आगामी मंसिर १८ गते हुने भएको छ । नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीको आयोजना र बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो सघंको सह–आयेजनामा हुने च्याम्पियनसिप बाग्लुङ बजारदेखि ९० किमी उत्तरतर्फ बुर्तिबाङमा सञ्चालन हुनेछ। त्रिपुरेश्वरस्थीत नेपाल खेलकुद पत्रकार मञ्चमा विहिबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सो बारे जानकारी दिएको हो ।
पहिलो पटक हुन लागेको प्रोफेशनल प्रतियोगितामा दुई विधामा हुने नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष घम बहादुर थापा मगरले बताए । नेपाल आइटिएफ तेक्वान्दो महासंघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ स्पेसल फ्री स्पाएरिङ र प्रोफेशनलको ५७देखि ६४ केजी तौल सुमहमा खेल हुनेछ । उक्त च्याम्पियनपसिपमा न्युनतम ब्ल्याक बेल्ट पहिलो डान र राष्ट्रिय प्रतियोगिता खेलि सकेका खेलाडीले मात्र सहभागीता जनाउनेछन् । उक्त प्रोफेशनल च्याम्पियनसिपमा खेल्नका लागि पाँच विकास विकास क्षेत्र र दुई विभागिय क्लबबाट छनोट चरण पार गर्नु पर्नेछ ।
दक्षिण एसियाकै एकमात्र सिकार आरक्ष तथा पर्यटकिय क्षेत्र ढोरपाटनको सेरोफेरोमा हुने उक्त प्रतियोगितामा मध्यमाञ्चल,पश्चिमाञ्चल,मध्यपश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल,पुर्वाञ्चल विकास क्षेत्र तथा दु्ई विभागिय क्लब नेपाल आर्मी र शसस्त्र प्रहरीको एपीएफ क्लबको सहभागिता रहेनछ । प्रत्येक टिमका तीन खेलाडीले मात्र सहभागीता जनाउन पाउनेछन् । रोयल हिमचूलि इन्टरनेशनल प्रा.ली बसुन्धाराको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा च्याम्पियनले ६ सय डलर,दोस्रोले ३ सय डलर र तेस्रो हुनेले २ सय डलर,ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नेपालको विकट स्थानमा तेक्वान्दो खेल विकास गर्ने उद्देश्यले उक्त स्थानमा दोस्रो पटक प्रतियोगिता आयोजना गरेको दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बताए । धमलाले भने “कुनै पनि खेल शुरु नभएको स्थानमा प्रतियोगिता गर्नु ठुलो चूनौती हुन्छ । त्यसै स्थानमा हामीले यसअघि पनि तेक्वान्दो जन्मदाता जनरल चोइको स्मृतीमा नवौँ सस्करणको राष्ट्रिय प्रतियोगिताका गरिसकेका छौँ । राज्य पुग्न नसकेको स्थानका प्रतिभा ल्याउने उद्देश्यले प्रतियोगिता गरिएकाले एकदिन यसको प्रतिफल पाउनेमा हामी विस्वस्त छौँ ।”उक्त एकदिने प्रतियोगिताका लागि ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष घमको संयोजकत्वमा विभिन्न समिती गठन गरिएको छ । सो अवसरमा नेपाल मार्सल आर्ट गेम्स कमिटीका अध्यक्ष प्रविन कुमार कार्की,आइटिएफ तेक्वान्दो महासघंका वरिष्ठ उपाध्यक्ष अन्जु नाथ श्रेष्ठ र महासचिव अन्जु राउत लगायतको उपस्थीती रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309