चौधौं धर्मश्रीको प्रिजजिङ्ग बिहिबार

नेपाल ब्यायाम मन्दिरको आयोजनामा प्रत्येक दुई बर्षमा आयोजना हुने शारिरीक सुगठन प्रतियोगिता मध्येकै सम्मानित र सर्वाधिक पुरस्कार राशीको “धर्मश्री शारिरीक सुगठन प्रतियोगिता”को चौधौं संस्करण अन्तरगतको प्रिजजिङ्ग राउन्ड बिहिबार राजधानीमा हुने भएको छ ।
नेपालमा ब्यायामका अध्येता शहिद धर्मभक्त माथेमाको सम्मान र स्मृतीमा नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने चौधौं धर्मश्रीलाई जिओनी मोवाईलले मुख्य प्रायोजन गरेको छ ।
प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा हुने प्रतियोगिताको प्रिजजिङ्ग राउन्डबाट ७ तौल समूहमा प्रतिस्पर्धा गराई प्रत्येक तौल समूहमा पहिलो देखि सातौं स्थान प्राप्त गर्ने खेलाडीहरुले शुक्रबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने फाइनल चरणका लागि प्रवेश पाउने छन् । फाइनल चरणमा प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीहरु धर्मश्री उपाधी भिडन्तका लागि छानिनेछन् र उनीहरुविचबाट धर्मश्री विजेता छानिनेछ ।
प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथी गरि कुल ७ तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।
अनुमानित ३४ लाख बजेट रहेको प्रतियोगिताका धर्मश्री विजेता नगद ५ लाख सहित मेडल ट्रफी र ब्यानेटबाट सज्जित हुनेछन् । त्यस्तै दोश्रो हुनेले नगद २ लाख र मेडल, तेश्रोले १ लाख र मेडल, चौथोले ८० हजार, पाँचौले ७५ हजार, छैटौंले ६० हजार, सातौंले ५० हजार प्राप्त गर्नेछन् । ७ तौल समूहका प्रत्येक तौल समूहमा दोश्रो हुनेले नगद २५ हजार र तेश्रो हुनेले नगद १५ हजार तथा मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रिजजिङ्ग राउण्ड अशोज १३ गते प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा र फाईनल राउण्ड १४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डौमा हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373