Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

च्याम्पियन किकर्स टोलीलाई सदस्य–सचिवको बधाइ

काठमाडौं, जेठ १९ गते ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा सम्पन्न युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि विजेता नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमी टोलीलाई बधाइ दिनु भएको छ । बालुवाखानीस्थित स्पोर्ट्स सेन्टरमा भएको फुटसल प्रतियोगिताको उद्घाटनका अवसरमा विजेता टोलीलाई सदस्य–सचिव टंकलाल घिसिङले बधाइ दिनु भएको हो ।
सो अवसरमा सदस्य–सचिव घिसिङले उमेरसमूहका खेलाडीबाटनै राष्ट्रले भविष्यका स्टार खेलाडी पाउने भएको हुँदा खेलाडीलाई खेलमा टिकाइ राख्न अनुकुल वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।
अपारजित किकर्स टोलीले फाइनलमा एसभी सिलेन्बाकलाई २–० गोल अन्तरले पराजित ग¥यो । टोलीको महत्वपूर्ण जितमा आर्यबीर सिंह एक्लैले दुई गोल गरे । आर्यबीर आफ्नो समूहमा सर्वाधिक गोलकर्ता समेत बनेका थिए । उनले प्रतियोगिता अवधिभर आठ गोल गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464