छानविन उपसमितिले थाल्यो आफ्नो कार्य

१३ औं सागमा ब्याडमिन्टन खेल सामाग्री खरिद तथा वितरणमा अनियमितता तथा सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको रुख कटान सम्वन्धि छानविन गर्न बनेको उपसमितिले आफ्नो कार्य सुरु गरेको छ ।
२०७७/०५/०५ गते परिषद्बाट प्राप्त कार्यादेश बमोजिम बसेको उपसमितिको पहिलो जुम बैठकले कार्यलाई अगाडी बढाउनका लागि विभिन्न निर्णयहरु गरेको छ । जसमा छानविन कार्यका लागि TOR निर्माण गर्ने, छानविन कार्यलाई विभिन्न चरणहरुमा बाँडेर अगाडी बढ्ने, उपसमितिका सदस्यहरुलाई काम बाँडफाँड गरि जिम्मेवारी प्रदान गर्ने निर्णय ग¥यो । साथै सरोकारवालाहरुले छानविन सम्वन्धि कुनै गुनासो, सुझाव, निवेदन लगायत प्रमाण कागजात पेश गर्न यहि भदौ १२ गते सम्म एक साताको समय प्रदान गर्ने समेत निर्णय ग¥यो ।
१३ औं सागमा ब्याडमिन्टन खेलको सामाग्री खरिद तथा वितरणमा अनियमितता भएको र कमसल सामाग्री दिएको भन्ने खेलाडीहरुको उजुरी, अनियमितता सम्वन्धि समाचार प्रसारण, सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा रहेको रुखको हाँगाविंगा कटाईमा भएको अनियमितताको बारेमा संचार माध्ययममा समाचार सम्प्रेषणका बारेमा राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको बैठकले सत्य तथ्य पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई निर्देशन दिएको थियो ।
सोहि निर्देशनलाई कार्यान्वयन गर्दै राष्ट्रिय खेलकुद परिषद्ले मिति २०७७/०४/३२ गते परिषदका सदस्य गोविन्द प्रसाद भट्टराईको संयोजकत्वमा ५ सदसिय १३ औँ साग ब्याडमिन्टन खेल सामग्री खरिद वितरणमा अनियमितता तथा अनियमित रुख कटान सम्बन्धि छानबिन उपसमिति गठन गरेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309