Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

जिम्न्यास्टिक : त्रिभुवन आर्मी च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।
आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता समेत रहेको नवौंमा आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदकका साथ च्याम्पियन बनेको हो ।
बागमती प्रदेशले ६ स्वर्ण र ८ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै एपिएफले ५ स्वर्ण, १७ रजत र ४ कास्य पदक हात पार्दै तेस्रो स्थानमा रह्यो ।
टिम इभेन्टअन्तर्गत पुरुषतर्फ १२१।९२५ अंक सहित आर्मीले स्वर्ण पदक जितेको छ । ११३।५५५ अंक प्राप्त गर्दै एपिएफले रजत पदक जितेको छ । ९३।१५ अंक प्राप्त गर्दै बाग्मती प्रदेशले कास्य पदक जितेको छ ।
टिम इभेन्ट महिलातर्फ ७१।४७५ अंक प्राप्त गर्दै बाग्मती प्रदेशले स्वर्ण पदक जितेको छ । ६४।३७५ अंक प्राप्त गर्दै एपिएफले रजत पदक जितेको छ भने ४८।६७ अंक प्राप्त गर्दै नेपाल आर्मीले कास्य पदक जितेको छ । भुई व्यायममा पुरुषतर्फ ७।९० अंक प्राप्त गर्दै आर्मीका राजु राईले स्वर्ण जितेका छन् । आर्मीकै रोहन बुढाथोकीले ७।४० अंक प्राप्त गरी रजत र एपिएफका उज्वल तिवारीले ७।०५ अंक प्राप्त गरी कास्य जितेका छन् ।
भुई व्यायम महिलातर्फ आर्मीकै विदीशा न्यौपानेले ८।३५ अंक सहित स्वर्ण पाएकी छन् । एपिएफकी सुनिता दर्नालले ८।०० अंक सहित रजत र ७।९५ अंक सहित बागमती प्रदेशकी प्रकृति थापा मगरले कास्य पदक जितेकी छन् ।
पोमेल हर्स पुरुषतर्फ एपिएफका रिकेश तामाङले स्वर्ण, आर्मीका राजु राईले रजत र आर्मीकै पिज महर्जनले कास्य पदक जितेका छन् । रोमन रिङमा आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका सुनिल बुढाथोकीले कास्य पदक जितेका छन् ।
भल्टिङ हर्स पुरुषतर्फ आर्मीका रोहन बुढाथोकीले स्वर्ण, आर्मीकै राजु राईले रजत र एपिएफका श्रीकृष्ण खरबुजाले कास्य पदक जितेका छन् । प्यारालल बारमा आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका रोहन बुढाथोकीले कास्य पदक जितेका छन् ।
होराइजेन्टल बारमा आर्मीका राजु राईले स्वर्ण, आर्मीकै विश्वास सुवेदीले रजत र एपिएफका उज्वल तिवारीले कास्य पदक जितेका छन् । अलअराउण्ड पुरुषतर्फ आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका रोहन बुढाथोकीले कास्य पदक जितेका छन् ।
भुई व्यायमअन्तर्गत महिलातर्फ आर्मीका बिदिशा न्यौपानेले स्वर्ण, एपिएफका सुनिता दर्नाले रजत र बागमती प्रदेशका प्रकृती थापा मगरले कास्य पदक जितेकी छन् । भल्टिङ हर्स महिलातर्फ एपिएफकी सुनिता दर्नालले स्वर्ण, एपिएफकै सुनिता निरौलाले रजत र बागमती प्रदेशकी प्रकृती थापा मगरले कास्य पदक जितेकी छन् ।
अलअराउण्ड महिलातर्फ एपिएफकी सुनिता दर्नालले स्वर्ण, आर्मीकी बिदिशा न्यौपानेले रजत र एपिएफकै सुनिता निरौलाले कास्य पदक जितेकी छन् ।
महिलातर्फको खेलाडीले ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष र अलअराउण्ड गरि चार इभेन्टमा प्रतिस्पर्धा भएका थिए । पुरुषतर्फ ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष, प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स, होराइजेन्टल बार र अलअराउण्ड गरि आठ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । तिन विभागीय क्लब सहित सात प्रदेशका १२० जना खेलाडीको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464