जीवन रक्षा कोर्ष सम्पन्न

इन्टरनेसनल लाइफ सेभिङ फेडेरेसनको सहयोग तथा नेपाल पौडी संघको आयोजनामा लाइफ सेभिङ कोर्ष शनिबार सम्पन्न भएको छ ।
पाँचदिने कोर्षमा ४५ जनाको सहभागिता रहेको पौडी संघले जनाएको छ । सहभागीलाई राष्ट्रिय लाइफ सेभिङ, भारतका संस्थापक अध्यक्ष पुरुषोत्तम शर्मा र उपाध्यक्ष युसुफले सम्बन्धित विविध पक्ष बारे जानकारी गराएका थिए ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेन्द्र श्रेष्ठ (राजु) ले सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373