जुडो टोलीको बिदाइ

चौथो अन्तर्राष्ट्रिय जुडो टुर्नामेन्ट ‘कप अफ दि प्रेसिडेन्ट अफ दि रिपब्लिक अफ ताजकिस्तान’ मा सहभागी हुने १ खेलाडीसहित दुई सदस्यीय नेपाली टोलीलाई शुक्रबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले टोलीलाई बिदाइ गरे ।
ताजकिस्तानमा अक्टोबर ४ देखि ६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८१ केजीमाथि सूर्यमान लामाले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा इन्द्र डंगोल रहेका छन् । टोली आइतबार प्रस्थान गर्दैछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309