जुनियर टेबलटेनिस टोली कराँची जाँदै

दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबलटेनिस टोली मंगलबार पाकिस्तानको कराँची प्रस्थान गर्दैछ ।
जुनियर ब्वाइजतर्फ सुबोध लिम्बू, विपुल महर्जन, नारायण घिमिरे र घनश्याम शर्मा अर्याल तथा गल्र्समा सोनु थापा मगर, सिका सुवाल श्रेष्ठ, लश्ता महर्जन र सुजाता दुवालले प्रतिस्पर्धा गर्नेछन् ।
क्याडेट ब्वाइजमा रितिज जोशी, संयोग कपाली र एलेक्स महर्जन तथा गल्र्समा दीक्षा दाहाल, अन्जु सुवाल र मारिया थापा मगरले भाग लिने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, वरिष्ठ उपाध्यक्ष बृजेन्द्र हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायतले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जुलाई १५ देखि १७ तारिखसम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373