जुनियर तथा क्याडेट खेलाडी छनोट

तेश्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने जुनियर तथा क्याडेट खेलाडी छनोट भएका छन् ।
महिला क्याडेटको ४० केजीमा बालाजु एकेडेमीकी सन्ध्या खनाल, ४७ केजीमा बालाजुकी अल्बिना नगरकोटी, ५४ केजीमाथि रिया भुजेल, ५४ केजीमुनि बालाजुकी विभिशिका श्रेष्ठ तथा एकल कातामा सोतोकानकी कृषा शेर्पा छनोट भए । क्याडेट पुरुषको ४५ केजीमा सोतोकानका प्रदीप राना मगर, ५२ केजीमा बालाजुका सरोज लामा, ५७ केजीमा बालाजुका विजय श्रेष्ठ तथा एकल कातामा सोनिम थापा मगर छानिए ।
महिला जुनियरको ४० केजीमा बालाजुकी एन्जिला धिमाल, ४८ केजीमा बालाजुकी विपना तामाङ, ५३ केजीमा बालाजुकी मेलिना मगर, ५९ केजीमा सोतोकानकी सुनीता मगर, ५९ केजीमाथि बालाजुकी मिङमा ल्हामु शेर्पा तथा एकल कातामा बालाजुकी सुनिभा श्रेष्ठ छनोट भए । पुरुष जुनियरको ५५ केजीमा बालाजुका राजिव पुडासैनी, ७६ केजीमुनि गोजुरियोका सोनु थापा, टिम कातामा सुदूरपश्चिमाञ्चलका शेर धानुक, धर्मेन्द्र रेग्मी र जगतसिंह धानुक तथा एकल कातामा गोजुरियोका सोनु थापा छानिए ।
सिनियर महिला ६८ केजीमुनि बालाजुकी अनुपमा मगर र ६८ केजीमाथि पूर्वाञ्चलकी सुनीता लिङडेन छनोट भए । सिनियर पुरुषको ५५ केजीमा बालाजुका गौतम राई र ८४ केजीमाथि सोतोकानका दिवस श्रेष्ठ छानिए । च्याम्पियनसिप सेप्टेम्बर २२ देखि २६ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुँदैछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373