Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

जुनियर प्रतियोगितामा निशाले तोडिन् सिनियरको कीर्तिमान्

काठमाडौं, असार २९ गते ।
लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि शिलाले सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जुनियरमा भने यो स्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर थियो । निशाले मंगलबार १ सय मिटर दौडमा पनि १२.५३ सेकेन्ड समय निकाल्दै जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारु सम्मिलित लुम्बिनी टोलीले ४ गुणा १ सय मिटर रिले ५४.२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान स्थापित ग¥यो । यसअघि ५४.४० सेकेन्डको कीर्तिमान तत्कालील पश्चिमाञ्चलको नाममा थियो ।
जुनियरमै अर्को कीर्तिमान छात्र लङजम्पमा लुम्बिनीका सलिम देवानले बनाए । उनले ६.८४ जम्प गर्दै २०६५ मा भुवन महतोको नाममा रहेको ६.५३ मिटरको कीर्तिमान भंग गरे । यसै स्पर्धामा दोश्रो भएका लुम्बिनीका सुदिप थारुले पनि भुवनको कीर्तिमान उछिन्ने क्रममा ६.६५ मिटरको प्रदर्शन गरेका थिए ।
कराते ः
करातेमा ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ बागमती टिम च्याम्पियन बन्यो । २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ सुदूरपश्चिम दोश्रो भयो । तेश्रो भएको गण्डकीले २ स्वर्ण, १ रजत र ४ कांस्य हासिल ग¥यो ।
भलिबल ः


भलिबलको छात्रमा गण्डकीले कर्णालीलाई २५–१५ र २५–१७ तथा लुम्बिनीले सुदूरपश्चिमलाई २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगे । छात्रामा लुम्बिनीले कर्णालीलाई २५–१० र २५–१३ तथा बागमतीले गण्डकीलाई २५–१४ र २५–१३ को सीधा सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
कबड्डी ः सुदूरपश्चिमलाई उपाधि


कबड्डीको छात्रामा सुदूरपश्चिमले उपाधि हात पा¥यो । ५ टिम सहभागी राउन्ड रोविन लिगमा सुदूरपश्चिमले शत प्रतिशत जित निकाल्दै उपाधि जितेको हो । सुदूरपश्चिमले ८ अंक जोड्यो । गण्डकी ६ अंकसाथ दोश्रो भयो । तेश्रो हुने टिमको बिहीबार टुंगो लाग्ने छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्दैमा भएको छात्रको प्रतिस्पर्धामा समान ६–६ अंक जोडेका सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त हुने भएको छ । छात्रमा पनि ५ टिम सहभागी छन् ।
तेक्वान्दो ः
तेक्वान्दोमा बागमती टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, १ रजत र २ कांस्यसाथ बागमती समग्रमा टिम च्याम्पियन बनेको हो ।
दोश्रो भएको लुम्बिनीले १ स्वर्ण तथा ३–३ रजत र कांस्य जित्यो । तेश्रो स्थानमा चित्त बुझाएको सुदूरपश्चिमले १ स्वर्ण हात पा¥यो । विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
उसु ः

मार्सल आर्ट्समा बागमतीकै दबदबा रह्यो । उसुमा पनि बागमती नै टिम च्याम्पियन बन्ने क्रममा ३ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ सुदूरपश्चिम दोश्रो भयो । तेश्रो स्थानमा रहेको कर्णालीले १ स्वर्ण प्राप्त ग¥यो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464