जेष्ठ खेलाडीलाई सम्मान गरिने
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जेष्ठ खेलाडीहरुलाई मंगलबार सामूहिक सम्मान गर्ने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका ७० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ खेलाडीलाई सामूहिक सम्मान गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष एवं सांसद् विनोद श्रेष्ठले जानकारी गराए ।
विश्व जेष्ठ नागरिक दिवस– २०१६ को अवसरमा १ सय ५० भन्दा बढी खेलाडीलाई सम्मान गरिने बताइएको छ । त्यसका लागि नामवली संकलन गर्न एकेडेमीले राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुका साथै एकेडेमीको टिमले समेत विभिन्न क्षेत्रमा सम्पर्क गरेको जानकारी दिइयो ।
फेसबुक प्रतिक्रिया