टेटे मुख्य प्रशिक्षकमा ढुंगेल

काठमाडौं, असार ७ गते ।
राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक ९अधिकृत तृतीय० सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन् ।
गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा ढुंगेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन् । १३ औं सागमा नेपालले १ रजत ४ कांस्य पदक जितेको थियो ।
ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए । अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309