टेनिस : आर्मी र गण्डकी फाइनलमा
राष्ट्रिय टेनिसको पुरुष टिम इभेन्टमा आर्मी र गण्डकी फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा आर्मीले प्रहरीलाई २–१ तथा गण्डकीले एपीएफलाई ३–० को सेटमा पराजित गरे ।
महिला टिम इभेन्टमा आर्मी र एपीएफले स्वर्ण भिडन्त पक्का गरे । आर्मीले प्रहरीलाई २–१ तथा एपीएफले बागमतीलाई ३–० ले हराए ।
फेसबुक प्रतिक्रिया